Wednesday, May 24, 2017
Home > नेपाली समाचारहरु > समसामयिक > नेपाल बैंकका प्रबन्धक घिमिरेको लडेर मृत्यु

नेपाल बैंकका प्रबन्धक घिमिरेको लडेर मृत्यु

सुरुङ्गा (झापा), पुस ११ गते । नेपाल बैंक लिमिटेड बिर्तामोड शाखाका प्रबन्धक उमेशचन्द्र घिमिरेको अाइतबार राति लडेर मृत्यु भएको छ ।

गएराति बाथरुममा चिप्लिएर उहाँ लड्नुभएको थियो । बाथरुममा लडेर अचेत हुनुभएका उहाँलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित पूर्ण टुङ बिर्तासिटी हस्पिटल पुर्याइए पनि उहाँको अस्पताल पुर्याइएलगत्तै मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिनुभयो ।

एकचालिस वर्षीय घिमिरे डेढ वर्षयता बिर्तामोडस्थित नेपाल बैंकको शाखा कार्यालयमा प्रबन्धकको काम गर्दै आउनुभएको थियो ।

काठमाडौँ स्थायी घर भएका उहाँ बनेपाबाट सरुवा भएपछि बिर्तामोड शाखामा कार्यरत हुनुहुन्थ्यो । रासस

Leave a Reply