Wednesday, May 24, 2017
Home > नेपाली समाचारहरु > समसामयिक > कांग्रेसका मन्त्री र वरिष्ठ नेता बसेको मञ्च ढलेपछि !

कांग्रेसका मन्त्री र वरिष्ठ नेता बसेको मञ्च ढलेपछि !

पुस ११, २०७३ नेपाली कांग्रेसका तत्कालिन वरिष्ठ नेता गणेशमान सिंह बसेको कुर्सीबाट लडेर घाईते भएपछि गणेशमानको कुर्सी थेगो बनेको बिर्सन नपाउंदै धादिङमा कंग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेल सहितका मन्त्री समेत बसेको मञ्च ढलेको छ । मिलनटोलमा २ करोड ८६ लाख रकममा निर्माण हुन लागेको विपी स्मृती भवनको सिलन्यास गर्न आएका वरिष्ठ नेता पौडेल, उद्योग राज्यमन्त्री कन्चनचन्द्र वादे, डाक्टर रामशरण महत, डाक्टर मिनेन्द्र रिजाल , लगायतका ४८ जना नेता कार्यकर्ता बसेको पुरै मञ्च ढलेपछि केहि क्षण कार्यक्रमस्थलमा कोकोहोलो भएको थियो ।

मञ्चमा कास्की , चितवन, सिन्धुली जिल्लाका पार्टी सभापतीहरु, नेपाली कांग्रेसका केन्द्रिय सदस्य सरीता प्रसाई लगायत जिल्ला स्तरीय झण्डै ५० जना नेता कार्यकर्ताले अतिथिको आसनग्रहण गरेका थिए ।

भवनको शिलान्यास पछि भवन निर्माणमा सहयोग गर्ने दाताहरुलाई सम्मान गर्न आयोजित कार्यक्रममा वाणिज्य राज्य मन्त्री रोमी गौचन आई नपुग्दै मञ्च ढेलेको थियो । नेपाली कांग्रेसका जिल्ला सभापती रमेश धमलाले भन्नुभयो – भिरालो जग्गामा बनाइएको मञ्चको फलामे किला राम्रोसंग नगाडिएका कारण मञ्च ढल्न पुग्यो । मञ्चमा कास्की , चितवन, सिन्धुली जिल्लाका पार्टी सभापतीहरु, नेपाली कांग्रेसका केन्द्रिय सदस्य सरीता प्रसाई लगायत जिल्ला स्तरीय झण्डै ५० जना नेता कार्यकर्ताले अतिथीको आशनग्रहण गरेका थिए ।

मञ्च ढल्दा नेपाल महिला संघकी नेतृ भगवती पौडेलको खुट्टा भांच्चिएको छ । घटना पछि उठेका कार्यकर्ता लाई संझाउदैं नेता राचन्द्र पौडेलले भन्नुभयो ‘मञ्च ढलेर सबै बराबरमा बस्ने बनाई दियो ।’

 

 

स्रोत: रेडियो कान्तिपुर

Leave a Reply