Friday, June 23, 2017
Home > नेपाली समाचारहरु > समाचार > आईओएममा लगाइएको ताला २३ दिनपछि खुल्यो

आईओएममा लगाइएको ताला २३ दिनपछि खुल्यो

पुस ११, २०७३- चिकित्साशास्त्र अध्ययन संस्थानमा लगाइएको ताला २३ दिनपछि सोमबार खुलेको छ । संस्थान र आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति भएपछि ताला खुलेको हो । नवनियुक्त डिन प्रा.डा.जगदीशप्रसाद अग्रवालप्रति असहमति जनाउँदै आईओएम बचाउ संघर्ष समितिले तालाबन्दी गरेको थियो ।

‘सहमति पूरा गर्ने सर्तमा आन्दोलन स्थगित गरिएको छ,’ त्रिवि प्राध्यापक संघ, महाराजगन्ज क्याम्पस इकाई समितिका उपाध्यक्ष डा.अभिमन्यु झाले भने । उनका अनुसार सहमतिअन्तर्गत अन्य माग सँगै संस्थानको डिन नियुक्तिका लागि प्रा.डा रमेशकान्त अधिकारीको प्रतिवेदनलाई खुल्ला छलफलमा ल्याएर आवश्यक परिमार्जनसहित तुरुन्त त्रिवि सिनेटबाट पारित गराउनुपर्ने छ ।

आगामी दिनमा त्यही प्रक्रियाअन्तर्गत डिन नियुक्तिको व्यवस्थासमेत हुनुपर्ने सहमति भएको हो । सहमतिपत्रमा सोमबार उपस्थित विभागीय प्रमुख र संघर्ष समितिको पदाधिकारीले हस्ताक्षर गरेका छन् ।

 

स्रोत: कान्तिपुर

Leave a Reply