Monday, August 21, 2017
Home > नेपाली समाचारहरु > समाचार > ‘ठमेल बजार’की एलिसालाई १० प्रश्न : अहिलेसम्म कसैले डेटिङ लगेको छैन

‘ठमेल बजार’की एलिसालाई १० प्रश्न : अहिलेसम्म कसैले डेटिङ लगेको छैन

काठमाडौँ – चलचित्र लुट २ को आइटम गीत ठमेल बजार अभिनयपछि एकाएक चर्चामा आएकी हुन्– एलिसा राई । सो गीतको चर्चापछि उनलाई पछाडि फर्केर हेर्नुपरेको छैन । अहिले उनलाई म्युजिक भिडियो अभिनय भ्याई नभ्याई छ । अफर थुप्रै आउने गरे पनि छानेर महिनामा १५, १६ वटा मात्र अभिनय गर्ने गरेको उनी बताउँछिन् । सानैदेखि अभिनय र मोडलिङप्रति रुचि भएकी उनी ग्रामीण क्षेत्र घुम्न मन पराउँछिन् । अहिलेसम्म डेटिङ अनुभव नभएकी उनी शरीरभन्दा व्यक्तित्व राम्रो भएको केटा आफूलाई मनपर्ने धारण अगाडि सार्दछिन् । प्रस्तुत छ एलिसासँग रातोपाटीले राखेका दस प्रश्नः

फुर्सदमा के गर्नु हुन्छ ?
फुर्सदमा म घरमै बसेर इन्टरनेटमा रमाउँछु । देश–विदेशका समाचार हेर्छु ।

 

सौन्दर्यप्रति कत्तिको सचेत हुनुहुन्छ ?
सचेत नै छु । मेकअप गरेर राम्री हुन कसलाई मन पर्दैन र ? बाहिर निस्किनुपर्दा पनि त्यति धेरै समय लाग्दैन मलाई । त्यस्तै ३० मिनेट जति मेकअपमा लगाउँछु । सन् ब्लक, मस्कारा, लिबिस्टिक प्रायः मैले लगाउने मेकअपका साधन हुन् ।

 

फिटनेस गर्नु हुन्छ ?
फिटनेस गर्ने गरेकी छैन । पहिले गर्थें । अहिले भ्याउँदिन पनि । फुर्सद भएसम्म हल्का एक्सरसाइज घरमै ठोक्छु ।

 

फेसनमा कत्तिको सजग हुनुहन्छ ?
फेसनप्रति म धेरै चासो राख्छु । चलेका पहिरन प्रायः सबै लागाउने गरेकी छु । आफूलाई धेरै मनपर्ने पहिरन वान पिस नै हो । यो मलाई धेरै सुहाउँछ ।

 

 

बिर्सन नसक्ने घटना पनि त होला नि जीवनमा ?
त्यस्ता घटना धेरै छन् । विश्वास गरेका मान्छेले धोका दिएका छन् । दुई तीन दिन काम लागाएर कतिपय त्यसै भागेका छन् । आफूले इज्जत गरेका मानिसले डोमिनेट पनि गरेका छन् ।

 

रोजाइको पुरुष नि ?
म्याचुर, रेस्पोन्सिबल, फ्यामली पर्सनलगायतको गुण भएको । ह्यान्डसम र गुड लुकिङ भएको मनपर्छ । शरीरभन्दा व्यक्तित्व राम्रो भएको पनि हो ।

 

पूरा नभएको सपना ?
पूरा नभएका सपना धेरै छन् । ती सपना पूरा गर्ने लक्ष्यका साथ काममा लागिपरेकी छु ।

 

डेटिङको अनुभव छ कि छैन ?
डेटिङको अनुभव छैन । किनभने अहिलेसम्म कसैले लागेको पनि छैन ।

 

रोजेको व्याक्तिसँग डेटिङको अवसर मिल्यो भने ?
बलिउड हिरो रणवीर सिंहसँग जान चाहन्छु । किनभने चलचित्र होस् वा इन्टरभ्यु, जहिले पनि जेमा पनि उसलाई ह्यापी देख्छु । ह्यापी हुनु पनि ठूलो कुरा हो । उसको अनुहारले धेरैलाई खुसी हुन सिकाउँछ ।

 

कतिको रुन्चे केटी तपाईं ?
म सारै रुन्चे केटी हुँ । म खुसी हुँदा पनि रुन्छु । दुःखी हँुदा पनि रुन्छु । कसैले चित्त दुखायो भने पनि रुन्छु ।

 

स्रोत: रातोपाटी

Leave a Reply